PahiloPost

Jul 11, 2020 | २७ असार २०७७

लकडाउनमा भेटिएको पाहुना भँगेरा : जसले चितवनका यो परिवारलाई खुसी नै खुसी दियो



लकडाउनमा भेटिएको पाहुना भँगेरा : जसले चितवनका यो परिवारलाई खुसी नै खुसी दियो

  • राजु आचार्य –

‘ओहो यो मुसाको छाउरो कताबाट खस्यो,’ घरबाट बाहिर निस्कदैं अस्मिता पुरी छाउरो नजिक पुगिन्। त्यो सानो जीव रातो मासुको डल्लो जस्तो थियो।

मुसा नभएर भँगेराको भर्खरको बच्चा रहेछ। ‘कहाँबाट आइ पुग्यो,’ फेरि बोलिन् उनी। वरिपरि कतै गुडँ थिएन। सानो चुच्चोसहितको मासुको त्यो डल्लोलाई उठाइन्। सास फेरी रहेको थियो। के सोचिन कुन्नि फेरि भुइँमा राखिन्।

‘आमा कति चिन्तित होली,’ एक्लै बोलिन् अस्मिता।

‘बिहान बाहिर निस्केकी छोरी पुर्णिमा अहिलेसम्म घर नआउंदा मलाई जस्तो पिर परेको छ, त्यस्तै त होला नि’ उनी झन् चिन्तित बनिन् ।

करिब १ घण्टासम्म  पर बसेर हेरिन्। भंगेराहरु पर-पर उडीरहेका थिए तर नजिक कोही आएनन्। २-४ वटा कीराहरु घुमिरहेका थिए। नजिकै प्रहरीले सिट्ठी फुक्यो ‘भित्र बस्नुस है’। लकडाउनको बेला प्रहरीले भनेपछि मान्नै पर्‍यो। त्यो भंगेराले अझै सास फेरी रहेको थियो। उनलाई त्यसै छोड्न मन लागेन। त्यसै छोडे मर्छ वा मारिन्छ भन्ने कुरामा विस्वस्थ भइन्। त्यसलाई उठाइन् र घरभित्र पसिन्। सबैलाई माया गर्नुपर्छ भन्ने उनले आफ्ना स्वर्गीय श्रीमान् पूर्ण पुरीबाट सिकेकी थिइन्। समाजशास्त्री श्रीमानलाई सम्झिन् अस्मिताले।

त्यो सानो जीवलाई के गर्ने होला? उनलाई चिन्ता लाग्यो। सानो कागतको कार्टुनमा राखिन्। प्रकृतिमा रुचि भएकी छोरी पूर्णिमालाई फोन गरिन्। उनी पनि छिट्टै आइपुगिन्।

घर पुग्ने बित्तिकै उनको मुखबाट निस्कियो ‘कति सानो, आँखा पनि छैन, बाँच्छ र मामु’। पूर्णिमाले भँगेराको बच्चालाई हातमा राखिन्। उनलाई महसुस भयो कसैले जीवन रक्षाको लागि अनुरोध गरिरहेको छ।

‘भोक लाग्यो होला, मेरो नीति’। अनायासै यो नाम निस्क्यो। त्यसको नाम नै रह्यो ‘नीति’।

घरमा के गर्ने र कसो गर्ने भयो। घरका चारै जना चिन्तित बने। सामाजिक सञ्जालमा यसलाई बचाउने उपाय खोज्न थालियो। पूर्णिमाले युट्युबमा भिडिओहरू हेरिन्। उनले यही बेला थाहा पाइन् नेपालमा त यस्ता घाइते र बाटो बिराएका चराहरूको लागि त कुनै पनि पुनर्स्थापना केन्द्र रहेनछ।

सातुलाई मनतातो पानीमा मिलाइन्। फ्रुटी पिउने सिन्काले बिस्तारै ख्वाउन थालिन्। भोकले होला मुख खोल्यो। घाँटीमा हलचल भयो। खायोl उनी खुसी भइन्। सुरुका दिनमा करिब आधीआधी घण्टाको अन्तरमा थोर-थोरै खुवाउन थालिन्। दूध र भात पनि दिउँकी जस्तो भयो। फेरी गुगल गरिन, दूध दिन नहुने भनेर उल्लेख रहेछ। भातमात्रै पनि दिन थालिन्। तरकारी केलाउँदा भेटिएका किरा ख्वाइन्। ख्वाउने दर दुई दुई  घण्टाको अन्तरमा बढ्न थाल्यो। सुरुका केही दिन कीराले टोक्ला वा राती मुसाले नोक्सान पुर्याउला भनेर आफूसँग सुताइन्। अहिले भने कागतको कार्टुनमा न्यापकिन पेपर राखेर त्यही बस्ने र सुत्ने गरेको छl बेला बेलामा उनीहरू हेरी रहन्छन्।

जेठको ४ गते भेटेको त्यो चराले ६ गते आँखा खोल्योl सा-साना आँखामा त्यो परिवारले माया मात्रै भेट्यो। आँखा खोलेको दिन पूर्णिकाले घर भरीकालाई समाचार सुनाइन्।

सबैभन्दा पहिला आमालाई भनिन ‘मामु नीतिले त आँखा खोल्यो त, हेर्नुस् कस्तो राम्रो देखिएको छ’। अस्मिताले पहिलो दिनको त्यो घट्ना सम्झिन्। पहिलो पटक हेर्दा उनलाई चरा यो अवस्थामा पुग्ला भने कल्पना पनि गरेकी थिइनन्। उनले छोरीलाई धन्यवाद दिइन्।

अहिले भने त्यो चराले आफै खान थालेको छ, शरीरमा प्वाँखहरू पनि पलाएको छ। खानेकुरा दिन खोज्दा मुख पनि खोल्छ। शरीरमा प्वाँखहरू पलाउन थालेपछि भने उनी ढुक्क भएकी थिइन अब बाँच्यो भनेर।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको आङ्गिक ‘प्राकृतिक श्रोत व्यवस्थापन कलेज’ पोखरामा कृषिमा स्नातक तहमा अध्ययनरत पूर्णिमालाई सोधे  ‘अब के गर्नु हुन्छ? यसलाई आफैसँग राख्नुहुन्छ? अब त तपाइलाई के ख्वाउने कसरी ख्वाउने पनि थाहा भयो’। उनको सटिक जवाफ थियो ‘यो चरासँग हाम्रो भावनात्मक सम्बन्ध त गाँसिएको छ तर यसलाई घरमा सधैँ राख्न सक्दैनौँ र मिल्दैन पनि। यो सहज रूपमा प्राकृतिक वासस्थानमा फर्केको दिन हाम्रो लागि ठुलो र सफल दिन हुनेछ।’

उनले सोहीअनुरूप स्वअध्ययन पनि थालेकी छिन्। आजभोलि भँगेरालाई रिवाइल्ड (पुन वासस्थानमा फर्काउने) कसरी गराउने भनेर खोज्दै दिन बितिरहेको छ। लकडाउनको बेला समय सहजरुपमा बितीरहेको छ। यही सहजतामा लगभग मरिसकेको एउटा भँगेराले जीवनदान पनि पायो। यो जीवनको लागि गौरीगन्ज, भरतपुर निवासी पुरी परिवार धन्यवादका पात्रहरू हुन्। जीवन पाएको त्यो भँगेरा प्राकृतिक वासस्थानमा छिट्टै फर्कियोस्, हाम्रो पनि लकडाउनको समयमा शुभकामना।



JC Madhu Gautam[ 2020-06-07 06:23:44 ]
मैले पनि १हप्ता अगाडी त्यस्तै बिरालो को बच्चा भेटे एकदमै सानो उसको आमा लाई सायद कसैले मारिदिएछ २वटा बच्चा त मरिसकेका थिए तेसलाई घर मा ल्याए र जिवन दिने कोसिस सुरु भो मेरी अढाई बर्शे छोरी पनि खूब खुशी थिइन छोरी आफ्नो खाना र पाड़ी बुबु उसलाई नदिई नखाने सुरु का दुई दिन त अल्ली तंग्रीए जस्तो भो अनि बिस्तारै बिस्तारै सिथिल हुदै आज बिहान आँखा अगाडी मर्यो सारै नरमाइलो लाग्यो दिनभर छोरी ले म्याऊँ खोई भन्दै खोजिरहि आज एतिबेला सम्म यही कारण निन्द्रा लागेको छैन संयोग ले यो पोस्ट पढ़ने अवसर नी मिल्यो । सायद मेरो हेरबिचार मा कमी भो की जस्तो लाग्यो कता कता पुण्य को नाम मा पाप गरियो जस्तो पनि लाग्यो
जे होस उसको आत्मा लाई शान्ति मिलोस ।
Miss you म्याऊँ


Pramila Panta[ 2020-06-08 03:35:06 ]
जथाभाबी जनावर अनी पन्छी मारेर खाएर येस्तो महामारी फैलिएको यो समयेमा एउटा भंगेरा को बचा लाई आफनै बचा सरि हुर्कौनू घेरै पुण्य को काम धेरै धेरै धन्यबाद हजुर लाई 🙏🙏🙏😊😊😊


Sisir Lamichhane[ 2020-06-07 11:04:55 ]
Nature ma aba yo dherai samaye bachdaina cuz yeslai humans source ko bani pari sakexa.
Charo khojne ra enemy bata bachne tarika afno parents bata sikna napaye paxi garo huna sakxa.
It's like after adult periods we gonna live alone in jungle without any survival skill

So i suggest keep it as a pet bird..🇳🇵🇳🇵😀😀


इच्छाराज गनगने[ 2020-06-07 03:31:49 ]
पछि यस्ले अनारको बीउ लिएर आउँछ त्यस्लाई आगनको डिलमा रोप्नु अनि कथा त छदै छ।


Madan Dhungel[ 2020-06-08 04:19:27 ]
भॅगेरा पुरै जङ्गली पंछी होइन । यो हाम्रै घरआंगनमा खाई खेली गर्ने पन्छी भएकोले यसलाई प्राकृतिक वासस्थानमा फर्किने अपेक्षा नगरौं । त्यसमाथि यसले मानवीय सामिप्यता र रेखदेख पाइसकेकोले अब उसको परिवार नै मान्छे बनिसकेको छ । त्यसैले यसलाई यसरी नै हुर्कन दिउॅ ।


Milan Giri[ 2020-06-08 12:28:06 ]
मैले पनि बोइलर को चल्ला खोर भरी हालेर जीवन बचाउदै छु,कम्सेकम 2 किलो को जति भएसी तेस्को बाँस स्थान मा पुराउछु,,


Suresh Maharjan[ 2020-06-08 03:40:04 ]
यदि तपाईं रिसाउनु हुन्न भने .....
यो लकडाउन सब्द नै हाम्रो लागि नयाँ हो
सायद यो बिषम परिस्थितिमा तपाईं लाई गाह्रो असहज नहोस् समय सजिलो संग बितोस भनेर तपाईं को साथी बन्न आउनु भएको तपाईंको आत्मिय प्यारो शोर्गीय श्रीमान पो हुन् कि.... ?


Surendra Karki[ 2020-06-08 02:09:36 ]
जन्मेर सन्सार पनि नदेखेको पन्छी लाई हुर्कायर यो सन्सार देखाउनु भयछ यो भन्दा ठूलो धर्म अरु केही हुदैन धन्यवाद हजुर लाई।


Binod Ghimire[ 2020-06-07 08:37:44 ]
एउटा सम्योग्को अति उच्चतम अनि दुर्लभ प्रेमको प्रयोग र राम्रो सफलता ,म बहुतै inspired भए ,,,,,,


Yatri Pradhan[ 2020-06-08 11:07:03 ]
एउटा भगेरो को बच्चा को ज्यान बचाएको यहाँ यति धेरै चर्चा र प्रसंशा हुन्छ ....मान्छे को बच्चालाई बलत्कार पछि घाँटी निमोठेको घटना पैसा र पावर मा सबैको मुख चुप हुन्छ ....कठै हामी 🤔🤔


Rama Pokharel Ghimire[ 2020-06-08 10:44:38 ]
सार्है राम्रो पुन्य काम !!मन छोयो धर्म गर्नु भनेकै येहि हो हरेक जीव मा आत्मा हुन्छ तेहि आत्मा नै भगवान को स्वरुप हो ।


Giriraj Apagai[ 2020-06-08 06:37:32 ]
परदेश मा ढुकुरको बच्चा यसरीनै 1 महिना पालेको थिए।तपाईको लेखले अतितको यादआयो।


Hari Sapkota[ 2020-06-08 09:00:41 ]
It's great work. Congratulations and thank u for all of you.


Rajendra Chudal[ 2020-06-09 11:03:51 ]
नेपाली हरु अत्यन्त मायाबि मनकारी,सालिन कस्तो राम्रो साँच्चै अति सुन्दर लाग्छ यस्तै प्रेमी र मायालु बनि रहुन। धन्यबाद।


Thakuri Anim[ 2020-06-07 02:26:39 ]
Wow ! True love nanu ! मैले पनि पनि पोहोर साल यसरी नै बर्षा मा रुझेर उड्न नसक्ने दुईवटा बच्चा लाई बचाएको थिए सार्है खुशी लागेको थियो । That Is True love ❤️


Ravi Srivastava[ 2020-06-06 03:50:34 ]
अपने बहुत ही नेक काम किया इन बेजुवान प्राणी कि संबेदनाऔ को आपने समझा बहुत हि भला काम किया proud feel होता है आप जैसे लोग पर


Bal Krishna Shrestha[ 2020-06-08 05:28:10 ]
कोसिस गर्नु भयो राम्रो नतिजा निस्कियो बधाई सब परिवार समेतलाई सबैको मन यस्तै होस् ।


बिमन लामा ईलामे[ 2020-06-08 07:16:56 ]
संसारमा सजिव जो-कसैलाई पनि बाँच्नु पाउनु पर्ने अधिकार बराबर छ तर हाम्रो पृथ्वी मा बिषेश हामी अाफ्नो स्वार्थ को लागि मात्रै लडिरहेको हुन्छौं अनि त्योही स्वार्थ प्राप्ति लाई खुशी ठान्छौं" तथापि प्राकृति को रक्षा गरिदिनु भएको मा पुरी परीवार लाई धेरै धेरै धन्यवाद,


Adhikari Yubraj[ 2020-06-06 08:44:29 ]
Thats good job but in this lockdown period i save the life of 5 differnt kinds of birds .


Moongolian Mwh Nee[ 2020-06-07 01:39:55 ]
paisa kamauna lai jpt post kin garxasss ....


Chi So[ 2020-06-08 07:24:16 ]
Ma ta mare ra jhundai dinzu bhangera lai hairan banaux chipik chipik hagx gharma bahira keai rakhnu didaina gharmai gud lagai dinx


Sharma Subhekshya[ 2020-06-07 03:22:58 ]
Wow asmita sis ani uhako xori purnima...hjur harle saachainai punyeko kaam garnuvayo


Kashyep Yogen[ 2020-06-08 08:39:02 ]
Yeka desh ko katha jasto lagne tara bastabik ..aha padhda pani kati yekagrata...
Thanks sister
God bless you


Mhj Sabin[ 2020-06-08 07:04:09 ]
manabta vaneko ahiho jibanko harek paelama ahi neswartha vabana darsaunus jiban safal hune6 jay hos mangal hos sadhu sadhu sadhu.


Shann Stha[ 2020-06-08 12:49:35 ]
Mero gharma aaunos 48wata vangera ko gundma bachai bacha x


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell