PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँकहाँ थपिए संक्रमित!



सुमित मिश्र

प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँकहाँ थपिए संक्रमित!

जनकपुरधाम : पछिल्ला २४ घण्टाभित्र प्रदेश नम्बर  २ मा थप ८३ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ।

प्रदेश २ को आठ वटै जिल्लामा पछिल्ला २४ घण्टामा ८३ जनामा संक्रमणा पुष्टि भएको प्रदेश २ को समाजिक बिकास मन्त्रालयका सचिव रामप्रसाद घिमरेले जानकारी दिए।

जस अनुसार सप्तरी जिल्लामा  ७ जना, धनुषा जिल्लामा ८ जना, महोत्तरी जिल्लामा ३५ जना, सर्लाही जिल्लामा २७ जना र रौतहट जिल्लाका ६ जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको घिमिरेले समाजिक मन्त्रालयले नियमितरूपमा गर्दै आएको मिडिया ब्रिफिङमार्फत जानकारी दिए।

कहाँकहाँ थपिए संक्रमित!

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षण मार्फत सप्तरी जिल्ला वलान बिहुल गाँउपालिकाका २७ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुषहरु र सोही गाउँपालिका २० र २७ वर्षका २ जना महिलागरी कुल ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। त्यस्तै  धनुषा जिल्लामा जनकपुरधाम उपमहानगरपालिकाले संचालन गरेको देबपुरा रुपैठा क्वारेण्टाइनमा रहेका १९ देखि ५४ बर्ष उमेर समूहका ६ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।

महोत्तरी जिल्लामा जलेश्वर क्वारेण्टाइनका १७ जना पुरुष, मटिहानी क्वारेण्टाइनका ७ जना पुरुष, एकडारा क्वारेण्टाइनका ६ जना पुरुष, गौशाला क्वारेन्टाइनका २ जना पुरुष तथा सोही क्वारेन्टाईनका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरुमध्ये गौशाला क्वारेन्टाइनका २२ बर्षिय  १ जना महिला संक्रमिति रहेका छन् भने अन्य क्वारेन्टाईनमा  ११ देखी ४४ बर्ष उमेर समूहका  ३४ जना पुरुषहरु संक्रमित भएका रहेका छन्।

यसतै सर्लाही जिल्लामा रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरु १६ देखि ३६ वर्ष उमेर समुहका रहेको मिडिया ब्रिफिङ मार्फत जनाईएको छ। 

रौतहट जिल्ला ईशनाथ नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेको ४ जना पुरुष र २ जना महिलागरि कुल ६ जनमा  कोरोना संक्रमणको पुष्टि भएको छ।

कोरोना संक्रमितहरुको संख्या बढीरहेको वर्तमान समयमा कारोनालाई जितेर सामान्य जीवनमा फर्कनेहरुको संख्या समेत बढी रहेको छ। यस २ नम्वर प्रदेशमा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात निको भएर घर फर्केका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell