PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

प्रदेश २ मा संक्रमितको संख्या १ हजार नाघ्यो, देशमै सबैभन्दा बढी



सुमित मिश्र

प्रदेश २ मा संक्रमितको संख्या १ हजार नाघ्यो, देशमै सबैभन्दा बढी

जनकपुरधाम : देशकै सबैभन्दा बढी संक्रमित रहेको प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ८३ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या कुल १ हजार ६६ पुगेको हो।

प्रदेशमा सबैभन्दा बढी रौतहट जिल्लामा ३ सय ९६ जना संक्रमित रहेका छन् भने सबैभन्दा कम सिराहामा ४७ जना छन्। यस्तै, दोस्रो नम्बरमा सर्लाही जिल्ला रहेको छ। सर्लाहीमा कुल १ सय ७६ जनामा कोराना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयको तथ्यांकले देखाउँछ।

त्यस्तै, पर्सामा कुल १ सय ११ जनामा कोराना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को अस्थाइ राजधानी धनुषामा कुल १ सय जनामा कोराना देखिएको छ।

यसैगरी, महोत्तरीमा ८७, सप्तरीमा ७६, बारामा ७० र अन्य ३ भारतीय गरी कुल १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाउँछ। कुल संक्रमितमध्ये १ सय ५९ जना उपचारपछि घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell