PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

एक अभियुक्तको बयान, जसले एम्बुलेन्समा भएको लागु औषध कारोबारको रहस्य खुल्यो



सुमित मिश्र

एक अभियुक्तको बयान, जसले एम्बुलेन्समा भएको लागु औषध कारोबारको रहस्य खुल्यो

जनकपुरधामः सर्लाही सदरमुकाम मलङ्गवाबाट एम्बुलेन्समा लागु औषध ओसारपसार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीको कमान्डमा खटिएको प्रहरी टोलीले शनिवार उनीहरूलाई पक्राउ गरेको हो। मलङ्गवा नगरपालिका–८ झिलमिलियामाई मन्दिरबाट सोही ठाउँका ३७ वर्षीय राम दुलार रायलाई ८ किलो चरेससहित पक्राउ गरेको छ।

तर प्रहरीले अरू पनि कारोबारमा संलग्न भएको सुराकी हात परेको थियो। त्यसपछि प्रहरी पक्राउ परेका रायलाई बकाउन लाग्यो। अन्ततः रायले प्रहरी सामु मुख खोल्न बाध्य भए।

रायकै बयानको आधारमा अनुसन्धान गर्दै जाँदा ‘मुस्लिम युथ हेल्प कमिटी’ मलङ्गवा–६ को नाममा रहेको ज १ च १४०७ नम्बरको एम्बुलेन्सबाट थप १३५ ग्राम चरेस बरामद गरिएको सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

एम्बुलेन्सका चालक मलङ्गवा नगरपालिका–३ का २८ वर्षीय मोहन राय यादव र सहयोगी मलङ्गवा नगरपालिका–४ का नथुनी ठाकुरलाई समेत पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

८ किलो चरेससहित पक्राउ परेका राम दुलार रायले एम्बुलेन्स चालक मोहन राय यादवले अन्यत्रबाट एम्बुलेन्समै हालेर ल्याई लागु औषध भारतसम्म पुर्‍याइदिन जिम्मा लगाएको बयान दिएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell