PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

तीनै तहको सरकारविरुद्ध नेविसंघ महोत्तरीले निकाल्यो जुलुस



सुमित मिश्र

तीनै तहको सरकारविरुद्ध नेविसंघ महोत्तरीले निकाल्यो जुलुस

जनकपुरधाम : कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढदै गएपनि तीनै तहको सरकारले काम नगरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीले आइतवार विरोध जुलुस निकालेको छ।

संकटको घडीमा आम जनतालाई महामारीबाट बचाउनको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले शसक्त रुपमा काम गर्नुपर्ने भएपनि आफ्नो जिम्मेवारी बहन नगरेको भन्दै विरोध जुलुस निकालिएको नेविसंघ महोत्तरीका अध्यक्ष असुतोष झा (नविन)ले बताए।

तीनवटै तहको सरकारले महोत्तरी जिल्लामा कोरोना संक्रमित बढिरहेका बेला गम्भीरतापूर्वक काम नगरेको भन्दैै विद्यार्थी नेता तथा कार्यकर्ताहरुले जुलुस निकालेका हुन्। महेत्तरी जिल्लामा एउटा मात्रै कोभिड १९ अस्पताल रहेकोमा आक्रोश व्यक्त गर्दै उनीहरुले अस्पताल र आइसोलेसन कक्ष थप्न माग गरेका थिए।

यसका साथै, उनीहरुले ७ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापन पत्र समेत बुझाएका छन्। आइतवारको विरोध प्रदर्शनमा उनीहरुले पीसीआर जाँचको क्षमता बढाउनु पर्ने र जिल्लाको लागि छुट्टै पीसीआर मेसिनको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell