PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोरोना रोकथाममा सरकार असफल भएको काँग्रेसको निष्कर्ष, पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने



कोरोना रोकथाममा सरकार असफल भएको काँग्रेसको निष्कर्ष, पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ।

सोमवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पुर्ण रुपमा असफल भएको निषकर्ष निकालेको हो।

सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र दिने भएको छ।

पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपूर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न कीटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर कांग्रेसले गरेको छ।

आइसोलेसन सेन्टर संगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पूर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा कांग्रेसले चित्रण गरेको छ।

केन्द्रीय सदस्य रमेश लेखकले कोभिड १९ को नियन्त्रणका निम्ति पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय बैठकले गरेको जानकारी दिए।

लेखकले भने, 'नेपाली कांग्रेस नेपालमा कोरोना नियन्त्रणको सन्र्दभमा अहिलेको सरकार पुर्ण रुपमा असफल भएको निष्कर्षमा पुगेको छ। सरकार असफल भएको छ भन्ने निर्णय आज हामीले गरेका छौं। तर सरकार  अहिले कोभिड १९ को नियन्त्रणका निम्ति पुर्ण रुपमा असफपल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय गरेको छ।'

कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग माग गरेको छ। त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ। -जिएम मिडिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell