PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गगनको प्रश्न, 'नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो', प्रधानमन्त्रीको जवाफ,'मैले भनेको'



गगनको प्रश्न, 'नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो', प्रधानमन्त्रीको जवाफ,'मैले भनेको'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको प्रतिरोधात्मक क्षमता बलियो भएको दावी गरेका छन्।

आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो भन्ने प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्रीले भने 'भर्खरै सुन्नु भो नि मैले भनेको। यो त मैले भन्या।नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर ,कुनै वैज्ञानिक, कुनै सोधकर्ता कहिबाट आयो भने मैले स्वीकार गरौंला।'

उनले आधा नेपाली, हिमाली भेगको स्वच्छ हावापानी र पहाडी, जनजीवनमा बसेकाले स्टामिना बलियो भएको बताए।

ओलीले उकाली ओराली, परिश्रम गर्नेहरुको प्रतिरोध क्षमता बलियो हुने कुरा बैज्ञानिक भएको दाी गर्दै नेपालीहरुको भान्सामा पाउरोटीमा बटर दलेर खाने नभएको बताउँदै दाल चामल, बेसार, नुन, प्याज लगातका औषधी हरेक दिन खाएकाले प्रतिरोधी क्षमता स्वयमसिद्ध भएको बताए।यस्तै उनले व्यायम, योगा पैदा भएको देशमा प्रतिरोधी क्षमता बलियो भएको स्वयम् सिद्ध हुने दावी गरे।

प्रधानमन्त्री ओलीले ट्रेडिसनल भान्छालाई निरन्तरा दिनुपर्ने बताउँदै नेपालको खाना, बाजा सबै राम्रो भएको बताए।

प्रधानमन्त्री ओलीले पूर्खाहरुले पत्ता लगाएको जडिबुटी प्रयोग गर्नुपर्नेमा जोड दिँदै भने 'हाम्रा पुर्खाले नचाखेको कुनै पात, जरो कुनै औषधि र बोक्रा छैन हौला। कुनै जरो छैन नचाखेको । कुन औषधि हो कुन बिष हो थाहा छ, उनले भने' कसको बोक्रो केमा लगाउँदा ठीक हुन्छ, कसको पात केमा ठिक हुन्छ कुनको मुन्टो केमा लगाउँदा ठीक हुन्छ। हाम्रा पुर्खाले हजारौँ वर्षमा गरेको आविष्कार हो ।यी कुरालाई छोड्नु हुँदैन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell