PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

प्रदेश २ मा १९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो



सुमित मिश्र

प्रदेश २ मा १९६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लोपटक संक्रमण पुष्टि भएकामध्ये रौतहटका सबै भन्दा बढी ६८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै महोत्तरीका ४४ र सर्लाहीका ४३ जनामा पनि संक्रमण पुष्टि भएको छ। धनुषा जिल्लाका २२ र सप्तरीका ६ जनामा पनि संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

यससँगै प्रदेश २ मा संक्रमितको संख्या एक हजार ५७३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell