PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भारतमा एकैदिन थपियो ९ हजार ९ सय ९६ कोरोना संक्रमित, ३ सय ५७ जनाको मृत्यु



भारतमा एकैदिन थपियो ९ हजार ९ सय ९६ कोरोना संक्रमित, ३ सय ५७ जनाको मृत्यु
PHOTO : PTI

भारतमा पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढी कोरोना संक्रमित पहिचान भएको छ। बीबीसी हिन्दीका अनुसार एकैदिन थप ९ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएको हो।

भारतभर कोरोना संक्रमण फैलिरहँदा एकैदिन संक्रमितको संख्या करिब दश हजार पुगेको यो पहिलोपटक हो।

यस्तै, पछिल्लो २४ घण्टामा भारतभर ३ सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतभर २ लाख ८६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय नाघेको छ।

संक्रमितहरुमध्ये हालसम्म करिब १ लाख ४१ मानिस निको भएर डिस्चार्ज भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell