जनकपुरधाम : पछिल्ला २४ घण्टामा थपिएका १ सय १० संक्रमितसँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार २३ पुगेको छ।
पछिल्ला २४ घण्टमा प्रदेश २ को रौतहट, बारा, सर्लाही, पर्सा र धनुषामा संक्रमित थपिएका छन्। हालसम्म प्रदेश २ को सबैभन्दा बढी संक्रमित रहेको रौतहटमा जम्मा ७ सय ४४ जनाामा कोराना संक्रमण पुष्टि भएको छ भने सर्लाहीमा ४ सय ८८ जनमा संक्रमण देखिएको छ।
यस्तै महेत्तरीमा १ सय ८८ जना, पर्सामा १ सय ४१ जना, धनुषामा १ सय ६० जना, सिरहामा ७३ जना, सप्तरीमा १ सय २९ जना, बारामा ९७ जना र अन्य तीन भारतीय गरी कुल २ हजार २३ जनमा कोराना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयको तथ्यांकले देखाउँछ।
यस्तै हालसम्म प्रदेश २ को विभिन्न जिल्लाबाट कुल ४ सय ६२ जना कोरानालाइ जितेर उपचारपश्चात घर फर्किसकेका समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमरेले जानकारी दिए।
त्यस्तै प्रदेश २ मा कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ।