PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सत्तारुढ दलकै सांसदहरुको विरोधका बाबजुद् प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, मुख्यमन्त्री राउत परेका थिए संकटमा



सुमित मिश्र

सत्तारुढ दलकै सांसदहरुको विरोधका बाबजुद् प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, मुख्यमन्त्री राउत परेका थिए संकटमा

जनकपुरधाम : प्रदेश नम्बर २ को आइतवार बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ।

प्रदेश प्रमुख तिलक परियारले जेठ २५ गते आइतवार प्रदेशसभामा प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री लालबाबु राउतले प्रस्ताव गरेकोमा उक्त प्रस्तावलाई बहुमतले पारित गरिएको हो।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विरोध गर्दै प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलिपकुमार साह, शिवचन्द्र चौधरी, गोविन्द बहादुर न्यौपाने,रुबी कुमारी कर्ण, नरेश कुमार यादव, सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङलगायतले संशोधन प्रस्ताव पेश गरे पनि बहुमतले अस्विकृत भएपछि सभामुख सरोजकुमार यादवले बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढने धारणा राखे। छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने मुख्यमन्त्री राउतले प्रतिबद्धता व्यक्त गरे। यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउँदै उनले यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे।

मुख्यमन्त्रीले गरे अन्तिम अस्त्रको प्रयोग

गत आर्थिक वर्षको बक्यौता रकम भुक्तानी नभएपछि सत्तरुढ दलका अधिकांस सांसदहरु असन्तुष्ट थिए। गत बुधवार नै पारित हुने कार्यसुचीमा रहेको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारुढ दलका सांसदहरु नै  अनुपस्थित रहँदै आएका थिए। तर आइतवार अन्तिम दिन नीति तथा कार्यक्रम पारित नभएको भए सरकार नैतिक संकटमा पर्ने थियो। प्रदेश २ सरकारको नीति तथा कार्यक्रम पास हुन नदिन सकृय रहेका सभासदहरुलाई फकाउन मुख्यमन्त्री राउतले राजीनामा दिने विश्वासको अन्तिम अस्त्र प्रयोग गरेका छन्। असन्तुष्ट सभासदहरुलाई फकाउन मुख्यमन्त्री राउतले फोनमा राजीनामा दिने प्रतिबद्धता जनाएपछि आइतवार नीति तथा कार्यक्रम पारित गर्न सभासदहरु सहमत भएका थिए। सत्तारुढ दलकी असन्तुष्ट सभासद डा.रिनामा यादवले भनिन् ‘बक्यौता भुक्तानी गर्ने र संसदीय क्षेत्र विकास कोषको रकम कटौति नहुने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएका छन्। मुख्यमन्त्रीको वचनको मान राख्न हामी नीति तथा कार्यक्रम पारित गर्न सहमत भएका थियौँ।’

सरकारको नति तथा कार्यक्रम बहुमतले पारित भएपछि भोलि साँझ ५ बजे प्रदेश २ सरकारका अर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट प्रस्तुत गर्ने छन्।

प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि करिब २९ अर्बको बजेट ल्याउने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell