जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गरेको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका छन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो। चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट मध्ये चालू तर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पुँजीगत तर्फ ५३.६७ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वित्तीय व्यवस्था तर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको छ।
बजेटको पूर्णपाठ :