PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विद्युतीय गाडीको चार्जिङ महसुल तोकियो, राति चार्ज गर्दा सस्तो



विद्युतीय गाडीको चार्जिङ महसुल तोकियो, राति चार्ज गर्दा सस्तो
Photo : Teemey

काठमाडौं : विद्युत नियमन आयोगले असारबाटै लागू हुने गरी नयाँ विद्युत महसुलमा नयाँ दर निर्धारण गरेको छ। जसअनुसार रातको समयमा विद्युतीय गाडी चार्ज गर्दा महसुल सस्तो पर्ने भएको छ।

अब ३३ केभीको लाइन लिएर साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्जिङ स्टेसनमा सवारी साधन चार्ज गरेमा प्रति किलोवाट घण्टा ८ रुपैयाँ ४० पैसा लाग्ने छ। राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबैभन्दा सस्तो ४ रुपैयाँ ४५ पैसा लाग्ने छ भने बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि ६ रुपैयाँ ६० पैसा शुल्क लाग्ने छ।

११ केभीको चार्जिङ स्टेसनका लागि अर्कै महसुल निर्धारण गरिएको छ। साँझ ५ देखि राति ११ बजेसम्म चार्ज गर्दा ८ रुपैयाँ ६० पैसा, ११ देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र बिहान ५ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ७० पैसा महसुल लाग्ने छ।

आयोगले साँझ ५ बजेदेखि राति ११ बजेसम्मको समयलाई  पिक भनेको छ भने अफ पिकलाई राति ११ देखि बिहान ५ बजेसम्म भनेर ब्याख्या गरेको छ। बाँकी समय अन्यमा गणना हुने छ।

तल्लो भल्टेज अर्थात २३०/४०० भोल्ट मा चार्ज गर्दा भने महँगो शुल्क लाग्ने छ। पिकमा ८ रुपैयाँ ७० पैसा, अफ पिकमा ५ रुपैयाँ ५ पैसा र अन्य समयमा ६ रुपैयाँ ९० पैसा लाग्ने छ।

पुसदेखि चैतसम्मको महसुल दर पनि फरक छ। ३३ केभीको पिक समयमा ८ रुपैयाँ ४० पैसा, अन्य समयमा ६ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ। यसैगरी ११ केभीको पीक समयमा ८ रुपैयाँ ६० पैसा र अन्य समयमा ६ रुपैयाँ ७० पैसा लाग्ने छ। तल्लो भोल्टेज २३०/४०० भोल्टको पिकमा ८ रुपैयाँ ७० पैसा र अन्य समयमा ६ रुपैयाँ ९० पैसा निर्धारण गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell