जनकपुरधाम : महोत्तरीको सम्सी गाउँपालिकामा २७३ जना कोरोना संक्रमित फेला परेपछि गाउँपालिकालाई ७२ घण्टाको लागि सिल गरिएको छ।
सम्सीमा यति संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि ३ दिनको लागि पालिकालाई सिल गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए।
आज राति १२ बजेदेखि शनिवार १२ बजे रातिसम्मको लागि औषधि पसल, एम्बुलेन्स, स्वास्थ्य सेवा, मृत्युसंस्कार बाहेक सम्पूर्ण क्रियाकलाप बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कटवालले जानकारी दिए।
महोत्तरीमा कुल ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमो सम्सी गाउँपालिकाका मात्र २ सय ७३ जनामा कोरोना संक्रमित देखिएको छ।