PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रधानमन्त्री ओलीले फेरि भने, 'कोरोनाका कारण २० जनाको मृत्यु भएको होइन'



प्रधानमन्त्री ओलीले फेरि भने, 'कोरोनाका कारण २० जनाको मृत्यु भएको होइन'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि कोरोनाकै कारण २० जनाको मृत्यु नभएको दावी गरेका छन्। राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मात्रै उनीहरुको मृत्यु कोरोनाका कारण भएको मान्नुपरेको दोहोर्‍याएका हुन्।

प्रधानमन्त्री ओलीलेले हालसम्म मृत्यु भएका मध्ये दुईतीनजना मात्रै कोरानका कारण मृत्यु भृएको बताए।

भने, '२० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन। एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको  हुनसक्छ। उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ।'

यसअघिपनि प्रधानमन्त्रीले कोरोनाका कारण कसैको मृत्यु नभएको बताउँदै आएका थिए। 

प्रधानमन्त्री ओलीले बैठकमा नेपालीहरुको प्रतिरोधी क्षमताका बढी भएको कारण मृत्यु हुनेको संख्या कम भएको बताए।

उनले बाहिरबाट आउनेको संख्या ठूलो भएकाले उचित प्रबन्ध पुर्‍याउन नसकेको स्वीकार गरे। प्रधानमन्त्री ओलीले देशमा बाहिरबाट आउने संक्रमितको संख्या ठूलो भएको बताए।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell