PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कहिले नियन्त्रणमा आउला कोरोना, प्रधानमन्त्री भन्छन्,'भदौबाट ओरालो लाग्छ'



कहिले नियन्त्रणमा आउला कोरोना, प्रधानमन्त्री भन्छन्,'भदौबाट ओरालो लाग्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको ग्राफ भदौबाट ओरालो लाग्ने बताएका छन्। बिहीवारको राष्ट्रिय सभा बैठकमा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री ओलीले दशै, तिहार, छठ पछि फेरि संक्रमण बढ्न सक्ने उनको आँकलन छ।

'चाडवाडका कारण मंसिरमा कोरोनाको ग्राफ बढ्न सक्छ, उनले भने। मंसिरको अन्तिमबाट सुरु भइ पुस/माघमा कोरोनाको ग्राफ नियन्त्रण हुन सक्ने उनले दाबी गरे।

'फागुनको महिना सम्भवत: नियन्त्रणको महिना हुन्छ।तर बाहिरबाट सहजै आउन नदिने र भारतको सिमानाबाट आउन नपाउने स्थिति बनाउँदै त्यसबेलासम्म उपयुक्त क्वारेन्टाइनको व्यवस्था गर्ने अवस्था, बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने अवस्था र कोही पनि उम्किएर समाजमा जान नसक्ने स्थित बनाउँछौं, उनले सुनाए।

उनले अहिले कोरोना संक्रमित बढे पनि साउनमा कोरोनाको संक्रमण घट्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell