PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमसीसीमा हस्ताक्षर गर्ने ज्ञानेन्द्र कार्की भन्छन्, 'सम्झौता नेपालको हितमा, नेकपाका केही नेताले राष्ट्रघाती भनेर गलत व्याख्या गरे'



एमसीसीमा हस्ताक्षर गर्ने ज्ञानेन्द्र कार्की भन्छन्, 'सम्झौता नेपालको हितमा, नेकपाका केही नेताले राष्ट्रघाती भनेर गलत व्याख्या गरे'

काठमाडौं : नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता नेपालको हितमा रहेको बताएका छन्।  बिहीवारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही नेताहरुले सम्झौतालाई राष्ट्रघाती भनेर भ्रम फैलाएको बताए।

'यसले गेम चेन्जरको भूमिका निर्वाह गर्न सक्छ। दुख: का साथ भन्नुपर्छ। सत्तारुढ नेकपाका साथीहरु, नेताहरुले यो सन्धी सम्झौतालाई राष्ट्रघाती सम्झौताका रुपमा व्याख्या, चित्रित गरिरनुभएको छ, उनले भने,' यो हाम्रा निमित्त गम्भिर र दुखद् विषय हो। यो सम्झौता राष्ट्रको हितमा छ। राष्ट्रिय एकता, राष्ट्रियता र राष्ट्रिय भावनामा आँच आउने शब्द र भावना यो सम्झौतामा छैन्।'

उनले यो सम्झौता एकै रातमा बन्द कोठाबाट नभएको बताउँदै बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशिल कोइराला, केपी शर्मा ओली,  पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार हुँदा गति लिएर शेरबहादुर देउवाको नेतृत्व हुँदा यो सम्झौताले मूर्त रुप पाएको बताए। एमसीसी सम्मौतामा तत्कालिन अर्थमन्त्रीको हैसियतले कार्कीले हस्ताक्षर गरेका थिए।

'यतिका धेरै प्रधानमन्त्रीहरु र उहाँको क्याविनेटमा रहने यति धेरै मन्त्रीहरु। यसमा संलग्न कर्मचारीहरु,राष्ट्रसेवक कर्मचारीहरु राष्ट्रघाती हुन् ? ' उनले प्रश्न गरे।

उनले सम्झौता लागू भए अमेरिकी सेना आउने भन्दै भ्रम सिर्जना गरिएको दाबी गरे। इण्डोप्यासिफिकको कन्सेप्ट सम्झौताभन्दा पछि आएको भन्दै उनले सम्झौता नेपालको संविधानभन्दामाथि छ भनेर अर्को भ्रम छरिएको बताए।

कार्कीले एमसीसी अमेरिकीहरुले चाहे खारेज गर्न सक्ने कुरा गलत रहेको बताउँदै दुवै पक्षले ३० दिनको म्यादमा रद्द हुन सक्ने बताए। उनले आग्रहपूर्वाग्रहभन्दा माथि उठेर सम्झौता अध्ययन गर्न आग्रह गरे।

उनले एमसीसी परियोजना सफल भए कोशेढुंगा सावित हुने भन्दै विश्वका ५० भन्दा बढी मुलुकहरुले सम्झौता पारित गरेको र उच्च प्रतिपक्ष हाँसिल गरेको दाबी गरे।  

उनले अमेरिकीका ठेकेदार आउँछ भन्दै प्रचार गरिएको भन्दै आयोजना ग्लोबल टेण्डरबाट अघि बढ्ने बताए।

'यो सम्झौता गुमायौं भने जसरी अरुण थर्ड गुमाउँदा लामो समयसम्म लोडसेङिडमा बस्नुपर्‍यो। त्यस्तै गरेर एमसीसी परियोजा देशबाट भगायौं भने विश्वासनियता पनि गुम्नेछ र हाम्रो आर्थिक सम्भावनाको ढोका बन्द हुनेछ।' उनले भने।

सांसद कार्कीले एमसीसीलाई संसदको बहसको विषय बनाएर चाँडो भन्दा चाँडो संसदमा ल्याएर एउटा निश्कर्षमा पुर्‍याउन माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell