PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

८१ दिनपछि बिहीवार खोलियो जानकी मन्दिरको मुलढोका



सुमित मिश्र

८१ दिनपछि बिहीवार खोलियो जानकी मन्दिरको मुलढोका

जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास एवं लकडाउनका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिरको मुलढोका ८१ दिन पश्चात बिहीवारदेखि सर्वसाधारणका लागि खोलिएको छ।

कोरोनाको संक्रमणको खतरालाई मध्यनजर गर्दै मन्दिरमा भिडभाड हुन नदिनका लागि चैत १५ गतेदेखि मन्दिरको मुलढोका सर्वसाधारणका लागि बन्द गरिएको थियो। लकडाउनको अवधिमा मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती जारी रहेपनि मन्दिरको मुलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको थियो।

सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि मुलढोका ८१ दिनसम्म बन्द रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए।
लामो समयपछि मन्दिर खुलेपछि दर्शन गर्नेहरुको भीड ह्वात्तै बढेको छ। तर, भक्तजनहरुले सामाजिक दुरीको ख्याल नगर्दा समस्या उत्पन्न भइरहेको उनले बताए।

महन्थ दासले सामाजिक दुरीको पालना गराउन तर्फ स्थानीय प्रशासनले पहल गरिदिन र दैनिक स्यानिटाइज गर्ने व्यवस्था मिलाइदिन जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell