PahiloPost

Dec 24, 2025 | ९ पुष २०८२

'फर्कियो साइँलो काठको बाकसमा...' खाडी मुलुकबाट आजमात्रै आइपुग्यो २४ शव

'फर्कियो साइँलो काठको बाकसमा...' खाडी मुलुकबाट आजमात्रै आइपुग्यो २४ शव


काठमाडौं : खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव पनि आइपुग्न थालेको छ। लकडाउनका कारण विदेशमा मृत्यु भएका मानिसको शव उडान शुरु भएसँगै आइपुग्न थालेको हो। 

शुक्रवार बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा शव ल्याइएको थियो।

विमानमा समस्यामा परेका ४३ जना नेपाली यात्री थिए। शुक्रवारै कुवेतबाट जजिरा एयरले पनि २ वटा शव ल्याएको छ। यूएईको दुबईबाट आएको नेपाल एअरलाइन्समार्फत सिन्धुपाल्चोकका एक जनाको शव ल्याएको छ। जहाजमा १४८ यात्रु थिए।

आजै साउदीको दमामबाट उडेको हिमालय एअरलाइन्सको चार्टर्ड विमानले पनि एउटा शव ल्याएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell