
जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ जना महिलासहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश २ को २ वटा जिल्लामा कोराना संक्रमित थपिएका हुन्।
प्रदेश २ को सर्लाहीमा १ जना महिला र ४ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, सप्तरीमा १ महिला र ३ पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकारले सञ्चालन गरेको मिडिया ब्रिफिङमार्फत प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए।