PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कुवेतको एक शहरमा नेपालीद्वारा आत्महत्या प्रयास



कुवेतको एक शहरमा नेपालीद्वारा आत्महत्या प्रयास
फोटो : arabtimesonline.com

कुवेतस्थित एक शहरमा एक नेपाली पुरुषले आत्महत्याको प्रयास गरेका छन्। महाबुल्ला शहरबाट ती पुरुषलाई त्यहाँस्थित फिन्टास प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।

कोरोना संक्रमणको हटस्पट मानिएको महाबुल्ला क्षेत्र ३ महिनादेखि आइसोलेटमा रहेको क्षेत्र हो।

कडा सुरक्षा अपनाइएको उक्त क्षेत्रको एक स्टोरको छतमा मानिस देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि ती व्यक्ति नेपाली रहेको र आत्महत्याका लागि छतमा आएको प्रहरी स्रोतलाई उद्धृत गर्दै अरबटाइम्स अनलाइनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell