काठमाडौँ: अन्तर्राष्ट्रिय संगीत दिवसका दिन सुदिन पोखरेलले नयाँ गीत सार्वजनिक गरेका छन्। आफ्नो युट्युब च्यानलमा उनले ‘समृद्धि’ गीत सार्वजनिक गरेका हुन्।
अनन्त कोइराला र सुदिन पोखरेलको शब्द रहेको गीतमा समृद्धिको नाममा नेपालमा भइरहेको बेथिति, विसंगति, भ्रष्ट्रचार र नागरिकप्रति सरकारको वेवास्तालाई प्रस्तुत गरिएको छ।
