PahiloPost

May 15, 2025 | २ जेठ २०८२

जनकपुरधामको नगरसभा आज, वडाध्यक्ष भने धर्नामा



सुमित मिश्र

जनकपुरधामको नगरसभा आज, वडाध्यक्ष भने धर्नामा

जनकपुरधाम : नगरसभामा प्रस्तुत हुन लागेको कार्ययोजनाबारे जानकारी नगराइएको भन्दै मंगलवार हुने भनिएको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोध गर्दै वडाध्यक्षहरुले कार्यालय अगाडि धर्ना दिईरहेका छन्।

कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन नै गर्न नदिई पारित गर्न लागेको भन्दै नगरप्रमुख लालकिशोर साहले आफूहरुलाई जबरजस्ती माइन्युटमा हस्ताक्षर गर्न दबाव दिइरहेकाले नगरसभा हुन नदिन आफुहरुले धर्ना दिनुपरेको वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहले बताए।

यसअघि सोमवार आफुहरुले माग गरेअनुसारको एजेण्डासहितको कार्ययोजना नआएपछि वडाध्यक्षहरुले विरोध गर्दा नगरप्रमुख साह पक्षका केही वडाध्यक्ष र अन्य वडाध्यक्षहरुबीच केहीबेर विवाद भएको थियो।

प्रत्येक वर्ष उपमहानगरपालिकाको २० देखि २५ करोडसम्मको बजेट फ्रिज हुँदै आएकाले आफुहरु उक्त रकम कुन वडाको र किन फ्रिज भएको भन्ने जानकारी गराउनुपर्नेमा प्रमुख लालकिशोर साह तानशाही ढंगले प्रस्तुत हुँदै आएको वडाध्यक्षहरुको आरोप रहेको छ।

जनकपुरधाम उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट निकासा गर्न आज नगरसभा हुन लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell