PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

गणपूरक संख्या नपुगेपछि शुरु नहुँदै स्थगित भयो जनकपुरधाम उपमहानगरको नगर सभा



सुमित मिश्र

गणपूरक संख्या नपुगेपछि शुरु नहुँदै स्थगित भयो जनकपुरधाम उपमहानगरको नगर सभा

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा शुरु नहुँदै स्थगित भएको छ। मंगलवारको लागि तय भएको जनकपुरधामको पाँचौ नगर सभाको बैठक वडा अध्यक्षहरुको विरोधका कारण गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो। 

नगरसभा मंगलवार स्थगित भएपछि अब बुधवार बिहान १० बजेको लागि बस्न गरी बोलाइएको जनकपुरधाम उपमहानगरपालिकाले जानकारी दिएको छ। मेयर साह पक्षधरले गणपूरक संख्या पुर्‍याउन फर्जी हस्ताक्षर जम्मा गर्ने समेत प्रयास गरेका थिए। तर, वडा नम्बर ३ का  वडाध्यक्ष दिपेन्द्र साहको खवरदारीपछि सो प्रयास विफल भएको बताइएको छ।

नगरसभा सञ्चालन गर्न नदिन वडाध्यक्षहरुले हस्ताक्षर अभियान चलाएका छन्। उनीहरुको पक्षमा ७४ जना उपमहानगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुले हस्ताक्षर गरेका छन्।

कुल १ सय ३३ सदस्य मध्ये ७४ जनाले नगरसभाको विरुद्धमा हस्ताक्षर गरेका छन्। बहुमत सदस्य नगरसभाको विरुद्धमा लागेपछि मेयर साहलाई नगरसभा सञ्चालन गर्न हम्मेहम्मे परिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell