PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नागरिकता विधेयकको विरोधमा जसपा सडकमा उत्रने



नागरिकता विधेयकको विरोधमा जसपा सडकमा उत्रने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता विधेकका विषयमा विरोध प्रर्दशन गर्ने भएको छ। जसपाले विज्ञप्ति निकालेर जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जनाएको छ।

वैवाहिक नागरिकतामा महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने जसपाको माग छ। संसदमा प्रस्तुत गरिएको विधेयकमा विदेशी महिलाले नेपालीसँग विवाह गरेमा सात वर्ष नेपालमै बेसपछि मात्रै नागरिकता पाउने प्रावधान छ।

त्यसको विरोध गर्दै जसपाले प्रदर्शन गर्ने जनाएको हो। वैवाहिक नागरिकतामा पुरानै ब्यवस्था कायम हुनुपर्ने पनि जसपाको माग छ। गोरखा सैनिकको नागरिकता निरन्तरता तथा तेस्रो लिंगीलाई स्वयं घोषणा गरेर नागरिकता दिनुपर्ने जसपाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell