PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

लकडाउनमा दुई भाइको धन्दा : नक्कली सवारी पास बनाउने, बेच्ने



सुमित मिश्र

लकडाउनमा दुई भाइको धन्दा : नक्कली सवारी पास बनाउने, बेच्ने

जनकपुरधाम : सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनमा जारी छ। एक जिल्लाबाट अर्को जिल्लामा जान सवारीलाई निषेध गरिएको छ।

यस्तो बेला नक्कली पास बनाई बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका वडा नम्बर ८ का मेरो साइबर एन्ड ट्राभल्सका सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतो छन्।

लकडाउनको समयमा प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास कीर्ते बनाई बिक्री वितरण गरेको भन्दै २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता विनोद घिमिरेले जानकारी दिए। उनीहरुको साथबाट विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एकथान, ब्रदर्सको प्रिन्टर एक थान, ब्रदर्सको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एकथान बरामद गरेको छ। दुवै जनामाथि लिखितसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell