PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने



सुमित मिश्र

राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने

जनकपुरधाम : उपचार अभावमा छटपटिएर मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले राहत स्वरुप ५ लाख रुपैयाँसहयोग गर्ने घोषणा गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप ५ लाख दिइने जानकारी दिए। घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन्। प्रदेश सरकारले बिहीवारमात्र १६ वर्षीय राजु सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell