PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

हुन्डीमा मुछिएका दुई असईसहित एक प्रहरी निलम्बनमा



सुमित मिश्र

हुन्डीमा मुछिएका दुई असईसहित एक प्रहरी निलम्बनमा

जनकपुरधाम : प्रहरीको कर्तव्य र मर्यादा विपरीत काम गरेको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयले तीनजना प्रहरीलाइ कारबाही गरेको छ। प्रहरीको कर्तव्य र मर्यादा विपरीत काम गरेको भन्दै दुई प्रहरी सहायक निरीक्षक(असई) र एक जवानलाइ कारबाही स्वरुप निलम्बन गरिएको हो।

वित्तिय अपराध (हुण्डी) कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परेर सघाएको प्रमाणित भएपछि दुई जना र प्रहरी आचरण विरुद्ध काम गरेका एकजनालाई पटक पटक सुध्रिने मौका दिए पनि आचरणमा सुधार नआएपछि कारवाही गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआजी धिरजप्रताप सिंहले जानकारी दिए।

हुण्डी कारोबारीलाई सघाएको प्रमाणित भएपछि ईलाका प्रहरी कार्यालय पिपरारजवाडा रौतहटमा दरबन्दी भई रौतहटकै प्रहरी चौकी औरैयामा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको हो। त्यस्तै इलाका प्रहरी कार्यालय देवाही गोनाही रौतहटमा दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरिक्षक संजिवकुमार झाले प्रहरी आचरणविरुद्ध काम गरेकोमा पटकपटक सुध्रिने मौका दिए पनि आचरणमा सुधार नआएपछि निलम्बन गरिएको डिआइजी सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell