PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

सलहलाई अण्डा पार्न राजस्थान नै पुग्नुपर्ने भएकोले आत्तिनुपर्ने अवस्था छैन : शर्मा



सलहलाई अण्डा पार्न राजस्थान नै पुग्नुपर्ने भएकोले आत्तिनुपर्ने अवस्था छैन : शर्मा

काठमाडौं : नेपालमा सलह प्रवेश गरेसँगै यसलाई नियन्त्रण गर्ने उपायको खोजी थालिएको छ। आइतवार कृषि मन्त्रालयमा यसबारे छलफल भयो।

छलफलमा सलह नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन्।

वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सलह किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ। वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए।

शर्माले भने, ‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ताभन्दा बढी बाँच्न सक्दैन। उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ। बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ।’

सलहलाई अण्डा पार्न राजस्थान नै पुग्नुपर्ने भएकोले आत्तिनुपर्ने अवस्था छैन : शर्मा https://pahilopost.com/content/20200628131809.html

Posted by PahiloPost on Sunday, June 28, 2020

सोमवारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए।

८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनले बताए। 'ठूलो समूह हैन। आत्तिनुपर्दैन। उत्तरबाट दक्षिण हावा चलेकोले सानो समूह आएको हो। धेरै ठाउँमा छैन,' उनले भने।

अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै शर्माले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताए।

शनिवार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो। सलह किरालाई विहानको विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाई छ। साँझ एक ठाउँमा गएर बस्ने र विहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले विहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell