PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

महाधिवेशन कार्यतालिका हेरफेरबारे छलफलका लागि काँग्रेस केन्द्रीय समिति बस्दै



महाधिवेशन कार्यतालिका हेरफेरबारे छलफलका लागि काँग्रेस केन्द्रीय समिति बस्दै

काठमाडौँः नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेरका लागि केन्द्रीय समितिको बैठक डाकेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको पदधाधिकारी बैठकले १४ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो।

बैठक मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएको थियो।

कांग्रेसले यसअघि महाधिवेशन आउँदो फागुन ७ गतेदेखि १० गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो। तर कोरोना महामारीका कारण संक्रमण फैलिँदै गएपछि महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको छ।

कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell