PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

हङकङको राष्ट्रिय सुरक्षा कानुन चिनियाँ कंग्रेसको स्थायी कमिटीबाट सर्वसम्मतिले पारित



हङकङको राष्ट्रिय सुरक्षा कानुन चिनियाँ कंग्रेसको स्थायी कमिटीबाट सर्वसम्मतिले पारित

चीनले हङकङको शान्ति सुरक्षालाई सुदृढ बनाउन पारेको राष्ट्रिय सुरक्षा कानुन पारित गरेको छ। हङकङमा चीनविरोधी गतिविधि बढ्नुका साथै अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको भन्दै हङकङको सुरक्षा नीति परिवर्तन गर्ने उद्देश्यसहित यो कानुन ल्याइएको हो।

चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी कमिटीबाट सर्वसम्मतिमा उक्त कानुन पारित भएको र जुलाइ १ बाट लागू हुने जनाइएको छ। 

चीनले उक्त कानुन गत महिना नै लागू गर्ने घोषणा गरेको थियो। यद्यपि, यसविरुद्ध हङकङको सडकदेखि सदनसम्म विरोध भएको थियो।

चीनले नयाँ कानुनबाट हङकङमा पृथ्कतावादी, राज्यविप्लव, आतंकवादलाई नियन्त्रण हुने र विदेशी शक्तिको हस्तक्षेप र मिलेमतोमा भइरहेको आन्दोलनलाई रोक्न सक्ने जनाएको छ।

हाल हङकङमा भइरहेको प्रदर्शनले चीनले एक राष्ट्र दुई नीति सिद्धान्तमाथि खतरा बढेको भन्दै नयाँ कानुन बनाएको हो। सन् १९९७ मा बेलायतको नियन्त्रणमा रहेको हङकङलाई चीनलाई हस्तानतरण गरिएको थियो।

गत वर्ष हङकङको सदनमा सुपुर्दगी सन्धी पेस हुँदादेखि नै हङकङमा आन्दोलन चर्किँदै गएको थियो। आन्दोलनकारीहरुले चीनबाट हङकङ स्वतन्त्र हुनुपर्ने माग राख्दै आएका थिए। त्यस्तै उनीहरुले अमेरिका र बेलायतले हङकङलाई स्वतन्त्र बनाउन सहयोग गर्न पर्ने भन्दै सडक संघर्ष गरिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell