PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

सामाखुसीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते



 सामाखुसीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते

काठमाडौँ : सामाखुसीमा ट्रक र बाइक एक आपसमा ठोकिँदा तीन जना घाइते भएका छन्।

भारतीय नम्बर प्लेटको युके ०८ सिए ३२५८ नम्बरको ट्रक र बा ७८ प ६८५७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका हुन्।

मोटरसाइकलमा सवार अनुपा बराल, उनका श्रीमान् सुरेश अधिकारी र छोरा अषलेष अधिकारी घाइते भएको महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए। घाइतेमध्ये अनुपाको अवस्था भने गम्भीर छ।

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell