PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री



राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री
फाइल फोटो

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

हाल ओली र राष्ट्रपतिबीच विद्यादेवी भण्डारीबीच भेटघाट भइरहेको छ। प्रधानमन्त्री ओली साढे १० बजे शीतल निवास पुगेका थिए।

राष्ट्रपतिका स्वीकय सचिव भेषराज अधिकारीका अनुसार समसायिक विषयमा छलफल भइरहेको छ।

'साढे दश बजेबाट छलफल चलिरहेको छ। समसामयिक विषयमा कुराकानी हो,' अधिकारीले भने।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा आइतवार आफूलाई पदबाट हटाउन दिल्ली सक्रिय  भएको अभिव्यक्ति दिएका थिए। सो कुराले यतिबेला तरंग पैदा गरेको छ। नेकपाको स्थायी कमिटी १२ गतेबाट जारी बैठकमा समेत उनको भनाइबारे स्पष्ट पार्नु पर्ने नेताहरु बताउँछन्।                     

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell