PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा, 'दिल्लीले हाेइन मैले मागेकाे, तपाईं छाेड्दिनुस्'



प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा, 'दिल्लीले हाेइन मैले मागेकाे, तपाईं छाेड्दिनुस्'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमाथि छलफल जारी छ।

बैठकमा शीर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको 'आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो' भन्ने अभिव्यक्तिबारे प्रश्न उठाएका थिए।

भारतीय दूतावास आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको ओलीले दाबी गरेका थिए। तर नेताहरुले भने ओलीले आफूलाई कसलाई हटाउन चाहेका हुन् भन्ने बारेमा प्रमाण सहित स्पष्ट पार्नुपर्ने माग गरेका थिए।  

ओलीले पार्टीभित्रैबाट आफूलाई हटाउने प्रयास भइरहेको मनसायबाट प्रश्न उठाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिल्लीले नभई आफूले मागेको स्पष्ट पारे।

स्थायी कमिटीमा प्रचण्डले भने, 'राजीनामा दिल्लीले मागेकाे हाेइन। मैले मागेकाे हाे। तपाईं छाेड्दिनुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell