PahiloPost

Feb 3, 2025 | २१ माघ २०८१

ओली इतरका नेताहरु आगामी रणनीति तय गर्न गुट भेलामा



ओली इतरका नेताहरु आगामी रणनीति तय गर्न गुट भेलामा

काठमाडौ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेताहरु छलफलमा जुटेका छन।

ललितपुरको एक रेष्टुरेन्टमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री राम बहादुर थापासहितका नेताहरुबीच छलफल भइरहेको छ।

बुधबार विहान आफूनिकट मन्त्रीसँग प्रधानमन्त्री आलीले छलफल गरेपछि आफ्नो आगामी रणनीति बनाउन प्रचण्ड नेपालसमूहबीच यतिबेला ललितपुरको झम्सीखेलस्थित एक होटेलमा आन्तरिक बैठक बसिरहेको बताइएको छ।

छलफलमा प्रचण्ड र नेपाल समूहका अधिकांश स्थायी समिति सदस्य पनि सहभागी छन्। स्थायी कमिटी बैठकको आगामी रणनीति तय गर्न भेला भएको स्रोतको दाबी छ।

मंगलबारको स्थायी कमिटी बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए। उनीहरुले ओली पार्टी र सरकार सञ्चालन दुबैमा असफल भएको निष्कर्ष निकालिसकेका छन्। स्थायी कमिटी बैठक आज पनि बसेको थियो। तर पाँचजना सदस्यले बोलेपछि बैठक स्थगित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell