PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ओली भेट्न प्रचण्ड पुगे बालुवाटार



ओली भेट्न प्रचण्ड पुगे बालुवाटार
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि प्रचण्ड भर्खरै बालुवाटार पुगेका हुन्।

बिहीवार बसेको स्थायी कमिटी बैठकले पार्टीको विवाद उत्कर्षमा पुगेका बेला सहमति जुटाउन एक दिनका लागि समय छुट्याएको छ।

पार्टी फूटको दिशातर्फ उन्मुख भएकाले रोक्ने अन्तिम प्रयत्नका लागि दुई अध्यक्ष छलफलमा जुटेका हुन्। पार्टी स्थायी कमिटी बैठक बसिरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट संसद अधिवेशन अन्त्य गरेपछि पार्टी फुटाउने अध्यादेश ल्याउन तयारी भइरहेको झस्को नेताहरुमा पसेको छ।

त्यही कुराको सुँइको पाएपछि बैठक रोकेर अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास नै पुगेका थिए। राष्टपतिले त्यस्तो तयारी नरहेको जानकरी प्रचण्डलाई दिएकी थिइन्।

दुई अध्यक्षको छलफलले भोलि बस्ने बैठक निर्धारण हुने नेताहरु बताउँछन्। ओली र प्रचण्डको आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। छलफलमा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell