काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता बचाउन माग गर्दै नेकपाका नेताहरुले पार्टी कार्यालयमा धर्ना दिएका छन्।
धर्नामा विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, लेखनाथ न्यौपाने, रविन कोइराला, भास्कर काफ्ले, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायत ४० भन्दा बढी नेताहरु छन्। पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बस्दा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भने साढे दुई घण्टा अघिदेखि बालुवाटारमा वार्तामा छन्।
धर्नामा बसेका नेताहरुले एकदेखि ४ बजेसम्म धर्नामा बस्ने बताएका हुन्। पार्टी विधि पद्दतिका आधारमा चल्नुपर्ने उनीहरुको माग छ। नेकपाका दोस्रो र तेस्रो तहका नेता धर्नामा सहभागी छन्। उनीहरुले पार्टी नेता प्रधान नभएर नीति प्रधानमा चल्नुपर्ने माग राखेका छन्।