
काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण काठमाडौं नयाँ बानेश्वरका एक जनाको मृत्यु भएको छ।
उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका उनको एक निजी अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
मृत्यु भएका ८५ वर्षीय पुरुषलाई छाती दुख्ने र पिसाब पोलेपछि काठमाडौंकै एक नीजि अस्पताल लगिएकोमा असार १७ गते राति ११ बजे मृत्यु भएको मन्त्रालयले जनाएको हो।
आइसियुमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ।
मृतकमा उच्च रक्त र पार्किसन रोग थियो। यससँगै कोरोनाका कारण देशभर ३२ जनाको मृत्यु भएको छ।