PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कञ्चन हत्याकाण्ड: ‘आँप टिपिदिने भन्दै बगैँचामै जबरजस्ती करणी, अनि मारेर झाँडीमा फाले’, भारतीय नागरिक समातिए



सुमित मिश्र

कञ्चन हत्याकाण्ड: ‘आँप टिपिदिने भन्दै बगैँचामै जबरजस्ती करणी, अनि मारेर झाँडीमा फाले’, भारतीय नागरिक समातिए

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंह रहेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको हो। गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन्। त्यसको दुई दिनपछि दुधमति नदी छेउमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो।

प्रहरी अनुसन्धानबाट चौधरी र मिश्र इण्डस्ट्रिजमा चार–पाँच महिना अघि काम गर्न आएका सिंहले इण्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाई बगैँचाको एकान्त कुनामा लगेर बलात्कारपछि हत्या गरेको खुल्न आएको छ।

हत्यापछि उनले शवलाई सोही ठाउँमा लुकाई भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमति नदी नजिकको झाडीमा फालेका थिए।

सिंहले प्रहरी समक्ष बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यसअघि प्रहरीले अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिएको थियो। घटनामा उनीहरूको संलग्नता नदेखिएपछि परिवारको जिम्मा लगाएर सबैलाई घर पठाइएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell