PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मास्क प्रयोग नगर्नेमाथि प्रहरीको निगरानी, धनुषामा १३६ जना परे कारबाहीमा



सुमित मिश्र

मास्क प्रयोग नगर्नेमाथि प्रहरीको निगरानी, धनुषामा १३६ जना परे कारबाहीमा

जनकपुरधाम : धनुषा प्रहरीले कोरोना महामारी फैलिरहेका बेला मास्क प्रयोग नगर्नेहरुमाथि निगरानी गर्न शुरु गरेको छ।

जनकपुरका विभिन्न चोकहरुमा दर्जनौँ संख्यामा प्रहरी परिचालन गरी मोटरसाइकल, पैदल र रिक्सामा बिनामास्क हिँडिरहेका व्यक्तिलाई मास्क लगाउन प्रहरीले आग्रह गरिरहेको छ भने मास्क नभएका व्यक्तिलाई तत्कालाई पसलबाट किन्न लगाइएको छ।

कोरोना संक्रमण नियन्त्रण एवं न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्राप्त निर्देशनानुसार मास्क प्रयोग नगर्नेहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

डीएसपी कार्कीले बिनामास्क मोटरसाइकल चलाउने चालक र पैदल हिँडडुल गर्ने यात्रीसहित १ सय ३६ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिएको बताए। मास्क प्रयोग नगर्ने उनीहरूलाई संक्रामक रोग ऐनअनुसार प्रतिव्यक्ति एक सय रुपैयाँ जरिबाना तिराएर छाडिएको उनले बताए।

लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेपछि कोरोना संक्रमणको त्रास बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो। सोमवारदेखि घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन समितिले आग्रह गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहलाई नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell