PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यान्छीको सक्रियतामाथि योगेशको चार प्रश्न



यान्छीको सक्रियतामाथि योगेशको चार प्रश्न

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले चिनियाँ राजदुत होउ यान्छीको सक्रियताप्रति आफ्नो धारणा राखेका छन्।

चिनियाँ राजदुत यान्छीप्रति लक्षित गर्दै मन्त्री भट्टराईले अरुको कुरा सुन्न राम्रो भएको र मान्ने नमान्ने अधिकार आफ्नो भएको बताएका छन्।

बुधवार मन्त्री भट्टराईले समाजिक सञ्जालमार्फत चार प्रश्न गरेका छन्। उनले भारतलाई लक्षित गर्दै पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाएकोसमेत उल्लेख गरेका छन्।  

अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबिचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्भाव राख्नु ठीक भन्दै प्रश्न गरेका हुन्।

'१. संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक वा संबिधान निर्माणप्रति सद्भाव राख्नु ठीक? २. पहिलो र दोस्रो संबिधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्भाव राख्नु ठीक , उनले सोधेका छन् '३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक? ४. पार्टी/ पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीविचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्भाव राख्नु ठीक?'नेकपाको किचलोबीच राजदूत यान्छीले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई भेटेकी थिइन्। उक्त भेट पदीय मर्यादा विपरित भएको भन्दै विरोध हुन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell