PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

सेती नदी बस्ती पस्दा तनहुँका ४२ घर डुबानमा



सेती नदी बस्ती पस्दा तनहुँका ४२ घर डुबानमा
फोटो : facebook.com/gk.shrestha.5

काठमाडौं : लगातारको वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा ४ र वडा ८ मा सेती नदी पसेको छ। सेती नदीले ४२ घर डुबानमा परेका छन्।

वडा नम्बर ४ का अध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार वडा ८ का १४ घर र वडा ४ का २८ घरमा डुबानमा परेको छ।

'दिउँसो भएकाले धन जनको क्षति हुन पाएन्। चौंपायाकोसमेत उद्धार गर्न सकियो। बिहान बर्षाले उद्धारमा कठिनाइ त भयो। अहिले केही हदसम्म रोकिएको छ पानी,' उनले भने।

उनले मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताए।  

 ‘स्थानीयलाई हिमाली सामुदायिक भवनमा सारेका छौं। बिहानको खाना खुवायौं। बेलुकीको खाना पनि ब्यवस्था गर्छौं। त्यसपछि नगरपालिकाले के गर्ने भन्ने निर्णय गर्छौं', उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell