PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फास्ट ट्रयाकको जिरो पोइन्ट खोकना बाहिर बनाउन माग गर्दै वैद्य माओवादीद्वारा प्रदर्शन

फास्ट ट्रयाकको जिरो पोइन्ट खोकना बाहिर बनाउन माग गर्दै वैद्य माओवादीद्वारा प्रदर्शन


काठमाडौं : सरकारले खोकना र बुंगमतीमा निर्माणधिन फास्ट ट्रयाकसहित अन्य परियोजनाको विरोधमा उत्रेका किसानहरुमाथि सरकारले दमन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले राजधानीमा प्रदर्शन गरेको छ।

माइतीघरमा मोहन वैद्य किरण नेतृत्वको पार्टीका नेता कार्यकर्ताले फास्ट ट्रयाकलाई खोकना बाहिर केन्द्रित गर्नुपर्ने माग गरेका थिए। साथै धेरै परियोजना एकै स्थानमा ल्याएर किसानलाई विस्थापित गर्न नहुने भन्दै नारा लगाएका थिए।

खोकना र बुंगमती हुँदै काठमाडौं-तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्रयाकसँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ,  नयाँ स्याटालाइट शहर, बाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ। फास्ट ट्रयाकका कारण खोकनाको कुदेश र सिकाली मन्दिरमा असर पर्ने स्थानीयले बताउँदै आएका छन्।

सरकारले सबै परियोजना एकै स्थानमा ल्याएर ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै खोकना र बुंगमतीका स्थानीयहरुले विरोध गर्दै आइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell