PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जी न्युजका प्रधानसम्पादक सुधीरले मागे माफी



जी न्युजका प्रधानसम्पादक सुधीरले मागे माफी

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालीहरुसँग माफी मागेका छन्।

जी न्युजकै प्रान्तीय च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीको चरित्रहत्या गर्ने उद्देश्य स्वरुप भिडियो स्टोरी प्रशारण गरेपछि केही नेपाली डिटिएच र केबल अपरेटरहरुले भारतीय न्युज च्यानल प्रशारण बन्द गरेका थिए।

त्यसपछि सुधिरले ट्वीट गर्दै नेपालीहरु भारतीय समाचारवाचकहरुसँग डराएको प्रतिक्रिया दिएका थिए।

नेपाल र भारतबीच सीमा विवाद भइरहेको बेला सुधिरले 'डिएनए' भन्ने कार्यक्रममा दुवै देशको सेनाको अवस्था तुलना गरेर द्वन्द भए नेपालको अवस्था कमजोर हुने प्रतिक्रिया समेत दिएका थिए।

बिहिवारको ट्वीटमा उनले सेना परिचालन हुने अवस्था नै नआइकन नेपाल समाचारवाचकहरुसँग डराएको अभिव्यक्ति दिएका थिए।

उनको त्यो ट्वीटलाई लिएर नेपालमामात्र नभइ भारतमा पनि विरोध भयो। भारतीयहरुले मोदी सरकार टिकटकसँग डराएको भन्दै उनको आलोचना गर्न सुरु गरे। सुधिरले संचालन गर्दै आएको कार्यक्रमलाई भारतमै राम्रो मानिदैन। उनले प्रशारण गर्ने कन्टेन्टहरु प्रो मोदी हुने भएकाले धेरैले आलोचना गर्दै आएका छन्। त्यसैले भारतीयहरुले नेपालमामात्रै नभइ भारतमा समेत जी न्युजसहितको भारतीय न्युज च्यानल प्रतिबन्ध लगाउनुपर्ने भन्दै सुधिरलाई ट्वीटको उत्तर दिएका थिए। 

चीनसँग गालवन उपत्यकामा हिंसात्मक झडप भएपछि भारतले टिकटकसहितको चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो।

शुक्रवार भने सुधीरले नेपालप्रति दिएको अभिव्यक्तिप्रति क्षमा मागेका छन्। उनले नेपालमा भारतीय न्युज च्यानल बन्द गरेको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको बताएका छन्।

'यस ट्वीटबाट हाम्रा नेपाली दर्शकलाई आहत भएको छ। यो मञ्च अभिव्यक्ति दिनका लागि हो कसैलाई आहत बनाउन होइन। यसैले म खेद व्यक्त गर्दै उक्त ट्वीट हटाउँदैछु,' उनले लेखेका छन्।

लगत्तै सुधीरले नेपालीहरुलाई अपनामजनक शब्द प्रयोग गरेर गरेको ट्वीट हटाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell