PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बाढी पहिरोबाट क्षति कम गराउन सुरक्षा निकायलाई हाई अलर्टमा बस्न मुख्यमन्त्री राउतको निर्देशन



सुमित मिश्र

बाढी पहिरोबाट क्षति कम गराउन सुरक्षा निकायलाई हाई अलर्टमा बस्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले बाढीपहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्युनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन्।

जोखिम न्युनीकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे जानकारी लिँदै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिए।

उनले जोखिम न्युनीकरणको लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्ति गर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिएका हुन्।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लालकिशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवज्यूहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell