PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फिलिपिन्समा ब्रोडकास्टर 'एबीएस-सीबीएन' को लाइसेन्स नविकरण भएन, राष्ट्रपतिको आलोचना बन्यो कारण



फिलिपिन्समा ब्रोडकास्टर 'एबीएस-सीबीएन' को लाइसेन्स नविकरण भएन, राष्ट्रपतिको आलोचना बन्यो कारण
File Photo : Rolex dela Pena/EPA

फिलिपिन्सको एक संसदीय समितिले त्यहाँको सबैभन्दा ठूलो ब्रोडकास्टिङ कम्पनी 'एबीएस-सीबीएन' को नयाँ अनुमति पत्र नविकरण नगर्ने निर्णय गरेको छ।

२५ वर्षसम्म आफ्नो फ्रानचाइज खोल्न पाउँ भन्दै कम्पनीले दिएको निवेदन त्यहाँको संसदीय समितिले अस्वीकृत गरेको हो।  

सरकार र राष्ट्रपति रोड्रिगो डुटेर्टेको आलोचना गरेका कारण कम्पनीको लाइसेन्स नविकरण नगरिएको अनुमान गरिएको छ।

सन् २०१६ मा एबीएस-सीबीएनले राष्ट्रपति डुटेर्टेको चुनावी विज्ञापन प्रशारण गर्न मानेको थिएन।   

समितिमा छलफल भइरहँदा कम्पनीको समर्थनमा रहेकाहरुले कंग्रेस भवन बाहिर 'प्रेस स्वतन्त्रताको रक्षा गर', 'प्रेसमाथिको आक्रमण अन्त्य गर' भन्ने प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।

एबीएस-सीबीएनको अनुमति पत्र मे ४ मा नै सकिएको थियो। त्यसयता उक्त ब्रोडकास्टिङ कम्पनीबाट संचालित दर्जनौं रेडियो र टेलिभिजन स्टेशनहरु 'अफ एयर' भएका थिए।

सन् १९५३ मा स्थापना भएको एबीएस-सीबीएनमा करिब ११ हजार मानिस काम गर्थे।

कम्पनीले उक्त फैसलाको विरुद्ध अपिल भने गर्न पाउने जनाइएको छ।

फिलिपिन्सको संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि पत्रकारहरुका लागि सबैभन्दा खतरनाक देशको सूचीमा रहेको च्यारिटी फ्रिडम हाउसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell