PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

काठमाडौं कोरोना संक्रमणको रेड जोनमा, उपत्यकामा संक्रमितको संख्या ३३८ पुग्यो



काठमाडौं कोरोना संक्रमणको रेड जोनमा, उपत्यकामा संक्रमितको संख्या ३३८ पुग्यो

काठमाडौंमा कोरोना संक्रमितको संख्या दुई सय कटेको छ। शुक्रवार २८ जना कोरोना संक्रमित थप भएसँगै काठमाडौंमा कूल संक्रमितको संख्या २ सय २४ पुगेको छ।

यस्तै ललितपुरमा १३ जना संक्रमित थप हुँदा कूल ७० जनामा संक्रमण देखिएको छ। यस्तै भक्तपुरमा आज एकजनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या ४४ पुगेको छ।

यस्तै उपत्यकामा कूल संक्रमितको संख्या ३ सय ३८ पुगेको छ।

शुक्रवार उपत्यकाका तीन जिल्लामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ।

शुक्रराज ट्रपिकलमा गरिएको नमुना परीक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १३ जना र काठमाडौंका १५ जनामा कोरोना पुष्टि भएको हो।

यही अस्पतालमा भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell