PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

प्रदेश २ मा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना निको भएर फर्किए घर



सुमित मिश्र

प्रदेश २ मा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना निको भएर फर्किए घर

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सर्लाहीमा ६ जना, सिरहामा ४ जना, धनुषामा ४ जना र महोत्तरीमा ३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ८५ पुगेको छ। संक्रमितमध्ये ३ हजार ५ सय ३८ पुरुष र २ सय ४७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए।

सर्लाहीमा संक्रमण पुष्टि भएकाहरु सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा रहेका २४ देखि ४१ बर्ष उमेर समूहका ६ जना पुरुषहरु रहेका छन्। सिरहाको लहान नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४० वर्षीय एक पुरुष र सुखिपुर नगरपालिका वडा नम्बर ३, ८ र १० का १९ देखि ४५ वर्ष उमेर समूहका ३ जना पुरुषहरु रहेका छन्। त्यस्तै, धनुषाको नगराईन नगरपालिकाका १७ देखि ३५ वर्ष उमेर समूहका ४ जना पुरुषहरु संक्रमित भएका छन्।

यता, महोत्तरीको मनरा सिस्वा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २५ देखि ३० वर्ष उमेर समूहका ३ जना पुरुष समेत संक्रमित भएका छन्।

प्रदेशभरमा शुक्रवारसम्म सप्तरीमा ५ हजार १ सय १८, सिरहामा ३ हजार १ सय ७२, धनुषामा ४ हजार ६ सय ६६, महोत्तरीमा ३ हजार ५ सय ७८, सर्लाहीमा ५ हजार ८ सय ७१, रौतहटमा १३ हजार ६ सय ४५, बारामा ३ हजार ६ सय ३९ र पर्सामा ७ हजार ४ सय ११ जना गरी कुल ४७ हजार १ सय जनाको स्वाब परीक्षण गरिएकोमा ३ हजार ७ सय ८५ जना संक्रमित भएका छन्। त्यस्तै, ४१ हजार ५ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

यसैगरी, सप्तरीमा १ सय २४, सिरहामा ५ सय ३९, धनुषामा १ सय १५, महोत्तरीमा २ सय ७४, सर्लाहीमा २ सय ३०, रौतहटमा ३ सय ४४, बारामा ४५ र पर्सामा १ सय १० जना गरी कुल १ हजार ७ सय ८१ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा शुक्रवार मात्रै धनुषामा ३ र पर्सामा ८९ जना गरी कुल ९२ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा ९, सिरहामा १७ र पर्सामा २ सय २८ गरी जम्मा २ सय ४५ जनाको आरडीटी परीक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

प्रदेश २ का आठवटै जिल्लाका विभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले २ हजार ७ सय २५ जनालाई राखिएको छ भने १७ हजार ३ सय ३३ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ। प्रदेशका विभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आइसोलेसनमा सप्तरीमा १ सय ७२, सिरहामा १ सय ८, धनुषामा ८६, महोत्तरीमा ९४, सर्लाहीमा ९, रौतहटमा ६०, बारामा ४ र पर्सामा ६ जना गरी कुल ५ सय ३९ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्यस्तै, महोत्तरीमा ७ सय १५, सर्लाहीमा ६ सय ४९, धनुषामा ४ सय ७६, सप्तरीमा २ सय ४७, सिरहामा २ सय ६, पर्सामा १ सय ६२ र बारामा १ सय १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा प्रदेशमा ९ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा धनुषाका ३ जना, बाराका ५ जना र पर्साका १ जना रहेको उनले जानकारी दिए।

योसँगै हालसम्म प्रदेशमा सप्तरीका १ सय ३०, सिरहाका ७६, धनुषाका ३ सय ६८, महोत्तरीका २ सय २९, सर्लाहीका ५ सय ८९, रौतहटका ६ सय १३, बाराका १ सय १२ र पर्साका १ सय ७२ जना गरी २ हजार २ सय ९० जना संक्रमितहरु डिस्चार्ज भई घर फर्किसकेका छन्। प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १/१ जना गरी ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell