PahiloPost

Feb 14, 2026 | २ फागुन २०८२

सप्तकोशी नदीमा पानीको बहाब बढेपछि खोलिए ३६ वटा ढोका, उच्च सतर्कता अपनाउन आग्रह



सुमित मिश्र

सप्तकोशी नदीमा पानीको बहाब बढेपछि खोलिए ३६ वटा ढोका, उच्च सतर्कता अपनाउन आग्रह
फोटो : कोशी ब्यारेज।

जनकपुरधाम : सप्तकोशी नदीमा पानीको बहाब क्रमशः बढदै गएपछि ५६ मध्ये ३६ वटा ढोका (फाटक) खोलिएको छ। अविरल वर्षाका कारण अहिले कोशी नदीमा पानीको बहाब यो वर्षकै सबैभन्दा उच्च रहेको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार २ लाख ६० हजार क्यूेक पानीको बहाब मापन गरिएको छ। पानीको बहाब बढेसँगै आसपासका क्षेत्रहरुमा उच्च सतर्कताको लागि अपिल समेत गरिएको छ।

पानीको बहाब बढेपछि ३६ वटा ढोका खोलिएको छ। ३६ वटा ढोका खोलिएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले जलसतहले सतर्कता पार गरेको भन्दै हाई एलर्ट जारी गरेको छ।

सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा रातिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको कन्ट्रोल रुमले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell