PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

११५ दिनपछि तारक मेहताका उल्टा चश्माको सुटिङ सुरु



११५ दिनपछि तारक मेहताका उल्टा चश्माको सुटिङ सुरु
Photo : Koimoi

भारतमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै फिल्म, सिरियल, वेब सिरिजको सुटिङ रोकिएको थियो। लकडाउनका कारण महिनौंसम्म यो क्षेत्र प्रभावित बन्यो। भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। यद्यपि, केही प्रदेशमा भने सुटिङको लागि अनुमति दिइएको छ। छायांकनका लागि सरकारले तोकेको शर्तहरु भने पालना गर्नुपर्ने हुन्छ। 

भारतको चर्चित शो तारक मेहताका उल्टा चश्माको सुटिङ गर्न पनि महाराष्ट्र सरकारले अनुमति दिएको छ। धेरै कलाकार भएका कारण कसरी छायांकन गर्ने भन्ने विषयमा छलफल भइरहेको थियो। शुक्रवार सिरियलको परीक्षण छायांकन गरिएको थियो। त्यो सफल भएपछि अब सुरक्षा सतर्कता अपनाउँदै तारक मेहता का उल्टा चश्माको सुटिङ सुरु भएको जनाइएको छ।   

१ सय १५ दिनपछि सुटिङ सुरु हुँदा कलाकार र पूरै युनिट खुशी भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन्।

हाल सोनी सबमा आउने उक्त शोको पुराना भागहरु प्रसारण हुँदै आइरहेको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell